नियम ७
सङ्गठन तथा दरबन्दी स्वीकृत गर्ने
(१) नियम ६ बमोजिम समितिले दिएको प्रतिवेदनको आधारमा नेपाल सरकारले संघ, प्रदेश वा स्थानीय तहमध्ये कुनै तह वा निकायको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत भएपछि मन्त्रालयले सरकारी सेवासँग सम्बन्धित सङ्गठन संरचना तथा दरबन्दी निजामती कितावखानामा दर्ता गराई त्यस्तो सङ्गठन संरचना तथा दरबन्दीको विवरण संघको हकमा सम्बन्धित सेवा सञ्चालन गर्ने निकायमा र प्रदेश र स्थानीय तहको हकमा सम्बन्धित प्रदेश तथा स्थानीय तहमा पठाउनु पर्नेछ ।
तर प्रदेश निजामती सेवा र स्थानीय सेवाको पदको दर्तासम्बन्धी व्यवस्था प्रदेश तथा स्थानीय तहको कानूनबमोजिम हुनेछ ।